चौतारी साकोस चितवनसँग असल अभ्यास आदन प्रदान कार्यक्रम सम्पन्न

मिति २०८१ साल फागुन २२ बिहीबार यस संस्थालाई अध्ययन अवलोकनकालागि छनौट गरि आउनु हुने चौतारी वचत तथा ऋण सहकारी संस्था लिमिटेड चितवनसँग असल अभ्यास आदन प्रदान कार्यक्रम संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न भएको छ । संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वागत बाट शुरु भएको कार्यक्रमको संचालन संस्थाको ऋण अधिकृत रामचन्द्र ढुङ्गानाले गर्नुभएको थियो भने कार्यक्रममा संस्थागत प्रस्तुतिकरण व्यवस्थापक दिपेन्द्रप्रसाद पौडेलले गर्नु भएको थियो ।